…अनि सञ्जय गान्धीले किशोर कुमारका गीतमाथि प्रतिबन्ध लगाए

किशोर आफ्नो बगैंचामा रहेका रूखसँग कुरा गर्थे। उनले जनार्दन, रघुनन्दन, बुढुराम, गंगाधर आदि नामले ती रूखको नामकरण पनि गरेका थिए।

नेपालभ्युज

…अनि सञ्जय गान्धीले किशोर कुमारका गीतमाथि प्रतिबन्ध लगाए

किशोर कुमारको बारेमा एउटा चर्चित किस्सा छ, उनी खण्डवाबाट बम्बई अभिनेता बन्न आएका थिए। त्यो बेला भारतीय फिल्म उद्योगमा शीर्षस्थानमा आउने नाम थियो अशोक कुमार, जो किशोर कुमारका सहोदर दाजु थिए।

एकपटक चर्चित संगीतकार खेमचन्द प्रकाश अशोकको कार्यालय बम्बई टाकिजमा ‘जिद्दी’ फिल्मको गीतको धूनमा काम गरेर आरामका लागि प्राङ्गणमा निस्किएका थिए, किशोर सोही प्राङ्गणमा कुन्दन लाल सहगलको गीत गुन्गुनाइरहेका थिए। किशोरले गुनगुनाएको सुन्ने बित्तिकै खेमचन्दले उनलाई भित्र स्टुडियोमा बोलाए र अगाडि हामोर्नियम राखिदिए। अनि बाहिर गाइरहेको सहगलको गीत गाउन अनुरोध गरे। किशोर कुमारले गाउन शुरु गरे।

केही बेर किशोरको गायकी सुनिसकेर उनले किशोर कुमारलाई सोधे, ‘जिद्दी फिल्मका लागि गाउँछौ?’

किशोरले तुरुन्तै सहमति जनाइहाले। केही दिनमै रेकर्डिङका लागि उनले किशोर कुमारलाई बोलाए, त्यहाँ फिल्मका नायक देवानन्द पनि उपस्थित थिए। देवानन्दले पनि किशोर कुमारको गायकी खुब मन पराए। पहिलै दिन रेकर्डिङको काम सकियो। यो थियो आजभन्दा ७३ वर्ष पहिले अर्थात् सन् १९४८ को घटना।

सांगीतिक क्षेत्रमा शुरुआती दिनमा किशोर कुमारले जुन सम्मान खेमचन्दबाट पाए त्यो खेमचन्दका सहयोगी नौशादबाट पाउन सकेनन्। जिद्दीका लागि गीत गाएपछिको २७ वर्षसम्म नौशादले एकपटक पनि नौशादले गीतका लागि प्रस्ताव गरेनन्, किशोरको मनमा भने नौशादकका लागि गीत गाउने रहर थियो। सन् १९६९ मा किशोर सुपर सिङ्गिङु स्टारका रूपमा स्थापित भए। त्यसको पाँच वर्षपछि मात्रै नौशादले किशोरलाई गीतका लागि प्रस्ताव गरे, किशोरले आशा भोसलेको साथमा युगल स्वर दिए फिल्म ‘सुन्हरा संसार’का लागि।

यस्तै त्यस बेलाका चर्चित संगीतकार रामचन्द्रले त झन् किशोर कुमारलाई संगीतबारे केही नजान्ने व्यक्तिका रूपमा चित्रण गरेका थिए। ‘साजन’मा गीत गाउने पक्का भएका किशोरलाई रामचन्द्रले अस्वीकार गरिदिएका थिए। उनले भनेका थिए, ‘गीत, संगीत र फिल्मबारे केही थाहा नभएका लागि म कि आफ्नो समय बर्बाद गरुँ?’

‘तिमीलाई संगीतको एबीसी पनि आउँदैन। तिमी जान सक्छौ। हेमन्त कुमार गाउँछन्,’ सलिलले किशोरलाई बीचमै रोक्दै भने।

नौशाद र रामचन्द्रले नचिनेको किशोरको प्रतीभा सचिन देव बर्मनले भने सन् १९५२ मै पहिचान गरेका थिए। बम्बै टाकिजको परिसरमा यत्तिकै गुन्गुनाएर हिँड्ने किशोरको बारेमा सचिन देवले आफ्नो छोरा पञ्चमलाई भनेका थिए,‘यो दादामुनिको कान्छो भाइ हो, थोरै सन्की छ तर यसमा अथाह प्रतीभा छ, आउने दिनमा तिमी यसलाई निकै सुन्नेछौ।’

बम्बई फिल्म उद्योगमा गायकका रूपमा स्थापित हुन किशोर कुमारले कम पापड पेल्नुपरेन। सन् १९५४ मा बिमल रोयले किशोर कुमारलाई ‘नौकरी’ फिल्मको अभिनेताका रूपमा अनुवन्ध गरे। फिल्मका गीत पनि आफैले गाउन पाउने अपेक्षा किशोरको थियो। सोहीअनुसार बिमल रोयसँग कुरा गरेका थिए उनले। तर संगीतकार सलिल चौधरीले गीत गाउन हेमन्त कुमारलाई बोलाएपछि उनी छक्क परे।

भारतका प्रख्यात फिल्म पत्रकार भरतनले आफ्नो पुस्तक ‘अ जर्नी डाउन मेलोडी लेन’ले आफ्नो पुस्तकमा लेखेका छन्, ‘जब किशोरलाई यसबारेमा थाहा भयो तब उनले सलिलको क्याबिनमा गएर आफूलाई गीत गाउन नदिनुको कारण सोधे। यसको जवाफमा सलिलले आफूले कहिल्यै किशोरले गाएको नसुनेको बताए। त्यसपछि कम्तीमा अब त मलाई सुन्नुहोस् भनेर किशोरले गाउन शुरु गरे। ‘‘तिमीलाई संगीतको एबीसी पनि आउँदैन। तिमी जान सक्छौ। हेमन्त कुमार गाउँछन्,’’ सलिलले किशोरलाई बीचमै रोक्दै भने।’

उदास किशोर त्यसपछि निर्माता बिमल रोयकहाँ पुगे। बिमलले संगीत विभाग सलिलकै भएकाले आफूले हस्तक्षेप नगर्ने बताए। त्यसपछि फेरि किशोर आफ्ना दुईओटा रेकर्डिङ लिएर सलिलकहाँ पुगे। तर सलिलले सुनेनन्। त्यसपछि स्वरका जादूगर किशोरले हेमन्त कुमारको स्वरमा अभिनय गरे।

संगीतको एबीसी नजान्ने भन्दै किशोरलाई गाउन नदिएका सलिल पछि किशोरकै ठूलो फ्यान भए।

नौकरी फिल्म रिलिज भएको १७ वर्षपछि सन् १९७१ मा गुलजारको ‘मेरे अपने’ फिल्ममा सलिलले ‘कोई अपना हम कहलेते यारों’ मा संगीत भरे। रमाइलो के भने त्यसमा स्वर दिए किशोर कुमारले। उक्त गीतले निकै चर्चा पायो। गीतसँगै किशोरको चर्चा पनि चुलियो।

त्यसपछि सलिलले आफैले स्वीकार्दै भनेका छन्, ‘यो केटोको प्रतीभा चिनेकोमा खेमचन्दलाई सलाम गर्छुं। हामी किशोर कुमारको प्रतीभा चिन्न चुक्यौँ, यो हाम्रो गल्ती थियो।’

किशोरले कहिल्यै शास्त्रीय संगीतको ट्रेनिङ पनि लिएका थिएनन्। तरसन् २००५ मा पद्मभूषण र २००७ दादासाहेब फाल्के पुरस्कार पाएका शास्त्रीय संगीतका दिग्गज गायक मन्नाडेले आफ्नो आत्मकथा ‘मेमोरिज कम अलाइभः अ बायोग्राफी’ मा किशोरको प्रशंसा गर्दै लेखेका छन्, ‘किशोरले शास्त्रीय संगीत नजाने पनि म उनीसँग गीत गाउँदा नर्भस हुन्थेँ। उनको गायनको एक खास अन्दाज थियो, जुन शास्त्रीय संगीतका विज्ञका लागि पनि भारी थियो। उनीसँग युगल गाउनेलाई असहज हुन्थ्यो। उनीसँग ‘मेरे प्याले में शराब डाल दे’ गाउँदा मैले यस्तो महशुस गरेको थिएँ।’

देवानन्दले शुरुदेखि नै आफ्नो फिल्मका लागि किशोर कुमारलाई रोजे। उनले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा लेखेका छन्, ‘जब मलाई किशोरको आवश्यकता हुन्थ्यो, उनी देवानन्दको रोलमा आवाज भर्न रेकर्डिङ स्टुडियोमा माइक्रोफोन उपस्थित भइहाल्थे।’

उनले भनेका छन्, ‘किशोर आफू स्क्रिनमा भए कसरी गाउँथेँ भनेर मलाई सोध्थे र सोहीअनुसार आफूलाई ढालेर गाउन थाल्थे। म उनलाई आफूलाई जसरी मन लाग्छ गाउ भन्थेँ, उनी अभिनयका साथ गाउन थाल्थे।’

सन् १९६९ मा ‘आराधना’ फिल्ममा किशोरले राजेश खन्नका लागि पनि स्वर दिए। किशोर कुमारको जीवनी लेख्ने शशिकांत किनीकरले लेखेका छन्, ‘आराधनका लागि गाउनु पहिले किशोरले राजेश खन्नलाई भेटेर मात्रै गाउँछु भनेका थिए। राजेशलाई भेटेर उनको हाउभाउको अध्ययन गरेर किशोरले गीत गाएका थिए, ताकी राजेशको चरित्र अनुसार गीत तयार होस्।’

राजेशले गीतको शुटिङका क्रममा ती गीत किशोरले नभएर आफैले गाएको महशुस गरेको बताएका पनि थिए। आरधनाका ‘मेरे सपनो के रानी कभ आओगी तुम’ र ‘रूप तेरा मस्ताना’ गीतले किशोर र राजेश दुवैलाई राष्ट्रिय रूपमा स्थापित गर्यो।

किशोरको गायनमा निखार दिने काम संगीतकार सचिन देव बर्मनको संगीतले गर्‍यो। सचिनदेवका छोरा आरडी बर्मनले एक अन्तर्वातामा भनेका छन्, ‘बुवा गीतको रेकर्डिङभन्दा तीन दिनअघि किशोरलाई स्पूल टेपमा धून तयार गरेर पठाउनुहुन्थ्यो। किशोर ती धूनमा आफ्नो स्टडी रुममा कसैलाई पनि पस्न नदिई रियाज गर्थे।’

किशोर आफ्नो बगैंचामा रहेका रूखसँग कुरा गर्थे। उनले जनार्दन, रघुनन्दन, बुढुराम, गंगाधर आदि नामले ती रूखको नामकरण पनि गरेका थिए।

उसो तएक पटक एसडी बर्मनलाई सम्झँदै स्वयं किशोर कुमारले पनि भनेका थिए, ‘एसडी बर्मनको एउटा अनौठो बानी थियो, उनी आफ्ना गायकहरूलाई फोन गर्थे र आवाज सुनेपछि केही नबोली फोन राख्थे। यो आफ्नो गायकको गलाको अवस्था जाँच्ने उनको आफ्नै तरिका थियो।’

एकपटक आफूलाई आरडी बर्मनले गरेको टेलिफोनको स्मरण गर्दै उनले भनेका छन्, ‘आरडी बर्मनले राति फोन गरे। मैले उठेर फोन उठाएँ। तर यसपटक उनले फोन काटेनन्, बरु गीत गाउन भने। म निद्राले हाइ हाइ गरिरहेको थिएँ, तर उनले गीत सुनेर सन्तुष्ट भएपछि मात्रै मलाई सुत्ने अनुमति दिए।’

किशोरको लता मंगेशकरसँगको किस्सा रमाइलो छ। एकपटक लतालाई कोसँग डुएट गर्न रमाइलो लाग्छ भनेर सोधिएको थियो। उनले किशोरको नाम लिइन्, तर किशोरसँग डुएट गाउन एकदमै कठिन हुने उनले बताएकी छन्। ‘उनीसँग गाउनमा त कुनै समस्या थिएन तर जसरी उनी हँसाउँथे हाँस्दा हाँस्दा सम्हालिनै गाह्रो हुन्थ्यो,’ उनले भनेकी छन्, ‘जतिसुकै गम्भीर भए पनि, अन्तराको तान लिने बेला होस् वा हर्कत देखाइरहेको होस् किशोर दा ठट्यौला इशारा गरेर गानाबाट ध्यान हटाउनुहुन्थ्यो।’ जतिसुकै ठट्यौला हर्कत गरेपनि किशोर आफू स्वयं भने गाउँदा एकदमै गम्भीर भएर गाउने गरेको उनले बताएकी छन्।

फिल्म गायनसँग जोडिएका किशोर कुमारका धेरै किस्सा छन्। आशा भोस्लेले भनेकी छन्, ‘किशोर दा सँधैं एउटा यस्तो केटोसँग रेकर्डिङ गर्न आउँथे, त्यो अदृश्य हुन्थ्यो।’

उनले भनेकी छन्, ‘उनी त्यो अदृश्य केटासँग कुरा गर्नुहुन्थ्यो, ठट्टा गर्नुहुन्थ्यो, चर्को स्वरमा हाँस्नुहुन्थ्यो। कहिलेकाहीँ त त्यो केटासँग कुरा गर्न हामीलाई पनि बोलाउनुहुन्थ्यो। यो मलाई अजीब त लाग्थ्यो तर राम्रो मनोरञ्जन हुन्थ्यो।’

किशोरसँग जोडिएको यस्तै किस्सा आरडी बर्मन पनि सुनाउँथे, ‘मैले किशोरलाई बम्बे टाकिजमा देखे पनि पहिलो भेट भने सन् १९५२ मा भयो। एक दिन बुवाले मलाई कारदार स्टुडियोमा लिएर जानुभयो, जहाँ किशोर गीत रेकर्डिङ गरिरहेका थिए। मुख्य गेटमा प्रवेश गर्दा बाउन्ड्रीको पर्खालमा कुर्था–पाइजामा लगाएको र घाँटीमा मफलर बेरेको एक जना मान्छे बसिरहेको थियो। यो केटो मलाई धेरै सताउँछ भन्दै बुवा स्टुडियोभित्र पस्नुभयो। मैले किशोर कुमारलाई रोकेर सोधेँ तपाईँ यहाँ के गर्दै हुनुहुन्छ ? उनले खुट्टा हल्लाउँदै तत्काल जवाफ दिए – म कारदारसापको नक्कल गरिरहेको छु, किशोरकुमार ख्रडवावाला। यो भनिराख्दा उनको एउटा जुत्ता उछिट्टिएर पर खसेको थियो। मैले जुत्ता उठाएर दिँदै सोधेँ, तपाईँ अशोक कुमारको भाइ हो ? उनले भने –अँ त्यसैले मलाई कसैले कामै दिन्नँ। त्यसपछि उनी अशोक कुमार र मेरा पिताश्रीको नक्कल गर्न थाले।

किशोर कुमारका जीवनीकार डेरेक बोसले आफ्नो पुस्तक ‘किशोर कुमारको मेथड इन म्याडनेस’मा उनीसँग सम्बन्धित केही किस्साहरू उल्लेख गरेका छन्। ‘किशोर आफ्नो बगैंचामा रहेका रूखसँग कुरा गर्थे। उनले जनार्दन, रघुनन्दन, बुढुराम, गंगाधर आदि नमाले ती रूखको नामकरण पनि गरेका थिए। केटाकेटी जस्तो रूखमा झुल्थे।’

घर पुग्दा किशोरको घाँटीमा पट्टी बाँधिएको थियो, कुकुरलाई जस्तै। अगाडि थाल थियो, थालमा रोटी राखिएको थियो। त्यसको छेउमा पानीको कटौरा थियो। त्यहाँ एउटा बोर्ड पनि राखिएको थियो, ‘कुकुरलाई डिस्टर्ब नगर्नुहोेला’।

अमित खन्नाले एक पटक किशोर कुमारलाई आइतवार दिउँसो ब्याट्रीबाट चल्ने खेलौनाको बीचमा बसिरहेको देखेको बताएका छन्। किशोर कोही नजीकको मान्छेलाई भेट्दा भन्थे, ‘भडिया खाले करारे गजक’, यसको अर्थ त्यो मान्छेले जेसुकै निकालोस्।

ओपी रल्हानले सन् १९५९ मा शरारतको सुटिङका क्रममा किशोर कुमारले आफूलाई झण्डै बहुला बनाएको किस्सा पनि सुनाउँथे। ‘एकदिन किशोर शुटिङका लागि सेटमै आएनन्। हैरान भएर म उनलाई लिन घरै गएँ। घर पुग्दा किशोरको घाँटीमा पट्टी बाँधिएको थियो, कुकुरलाई जस्तै। अगाडि थाल थियो, थालमा रोटी राखिएको थियो। त्यसको छेउमा पानीको कटौरा थियो। त्यहाँ एउटा बोर्ड पनि राखिएको थियो, ‘कुकुरलाई डिस्टर्ब नगर्नुहोेला’। मैले उनलाई शुटिङमा जाऊँ भनेँ। उनी रिसाह कुकुरको जसरी भुक्दै झम्टिन आए। उनी मलाई गेटबाहिर नखेद्दा सम्म कुकुर जसरी भुकी नै रहे।’

किशोरका नजिकका आफन्तहरूका अनुसार किशोरले यस्तो हर्कत आफूले भेट्न नचाहेको र खासगरी पैसा नदिने व्यक्तिसँग गर्ने गरेको बताउँछन्।

किशोर कुमारको बारेमा एउटा चर्चित छ कि उनी आफ्नो पैसा चाहिँ जतन गरेर राख्थे। तर गीतकार समिर भन्छन्, ‘किशोरले मेरा बुवा अञ्जनका कम्तीमा १० ओटा गीत सित्तैमा गाए। मलाई याद छ, मेरो बुवासँग पैसा नहुँदा किशोरले धेरैपटक कारमा घरसम्म छाडेका छन्। जब उनले ‘चल्तीका नाम गाडी’ बनाएका थिए, मेरा बुवालाई गीत लेख्न लगाएर सामान्य चलेको भन्दा धेरै पैसा दिएका थिए।

किशोरले सत्यजीत रोयले ‘पथेर पाँचाली’ बनाउँदा ५ हजार रूपैयाँ सहयोग गरेका थिए। उनले रोयको फिल्म ‘चारुलता’का लागि दुईओटा गीत पनि गाए, त्यसको पारिश्रमिक लिएनन्।

सन् १९७५ को आपतकालीन समयमा सञ्जय गान्धीले बम्बईका प्रसिद्ध फिल्म निर्मातालाई म्युजिकल नाइटमा सहभागी हुन निम्तो दिएका थिए। धेरै आमन्त्रित दिल्ली गए। तर किशोर कुमारले उक्त निम्तो अस्वीकार मात्रै गरेनन्, स्पष्टीकरण पनि दिएनन्।

शशिकान्त किनीकरले किशोर कुमारको जीवनीमा लेखेका छन्, ‘संजय गान्धीले यसलाई आफ्नो निजी अपमान ठानेर सूचना तथा प्रसारण मन्त्री विद्याचरण शुक्लालाई बोलाएर किशोरका गीतहरू कुनै पनि आधिकारिक सञ्चार माध्यममा नबजाउन निर्देशन दिए। यति मात्रै होइन, किशोरले जुन फिल्ममा गीत गाएका थिए ती फिल्मलाई सेन्सरले प्रसारणका लागि सर्टिफिकेट पनि दिएन।’

किशोर २७ पटक फिल्मफेयर अवार्डका लागि सर्वश्रेष्ठ गायकका रूपमा मनोनित भएका थिए, जसमध्ये ८ पटक उनले यो अवार्ड जितेका छन्। शास्त्रीय संगीत नसिकेरै जसरी उनले राग शिवरञ्जनीमा ‘मेरे नैना सावन भदौ फिर भी मेरा मन प्यासा’ र यमनमा ‘छू कर मेरे मनको किया तुने जो इशारा’ गाएका छन्, यस्ते विरलै पाइन्छ।

किशोरको सांगीतिक यात्रा सन् १९७७ मा आएको फिल्म ‘अनुरोध’को गीतबाट शुरु भएको रेखांकन गर्न सकिन्छ।

आप के अनुरोध पर
मैं ये गीत सुनाता हूँ
अपने दिल की बातों से
आपका दिल बहलाता हूँ
आपके अनुरोध पर…..

(बीबीसी हिन्दीबाट काशीराम बजगाईको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved