प्रदेश १ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

मुख्यमन्त्रीले भोलि नै विश्वासको मत लिने

नेकपा एमालेका सांसदहरू नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण देखाउँदै बैठकमा आएनन्।

नेपालभ्युज

प्रदेश १ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ। प्रदेश १ को प्रदेश सभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद बैठकमा नआएपछि बुधबार बिहान ११ बजेका लागि बैठक सारिएको हो। प्रदेश सभा बैठकमा मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो।

नेकपा एमालेका सांसदहरू नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण देखाउँदै बैठकमा आएनन्। साथै उनीहरूले बैठक रोक्न माग गरेपछि सभामुखले स्थगित गरेका हुन्।

तर कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूले बैठक रोक्न सहमत भएनन्। बैठक बसे पनि एमालेका कोही सांसद नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधवारसम्मका लागि बैठक स्थगित गरेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची पनि बुधबारको लागि नै सारिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved