सर्वोच्चका आन्दोलनकारी न्यायाधीशबीच फुट

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, मनोज शर्मा र कुमार रेग्मीले अब उप्रान्त इजलास छोडेर बैठकमा नबस्ने जानकारी अन्य न्यायाधीशहरूलाई गराएको स्रोतले बतायो।

सर्वोच्चका आन्दोलनकारी न्यायाधीशबीच फुट
फाइल फाेटाे

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलित सर्वोच्च अदालतका न्यायाधीशहरूमा फुट आएको छ।

सर्वोच्चका पाँच न्यायाधीशले दैनिक रूपमा हुँदै आएको आन्दोलनकारी न्यायाधीशहरूको बैठकमा सहभागी नहुने भएका छन्।

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, मनोज शर्मा र कुमार रेग्मीले अब उप्रान्त इजलास छोडेर बैठकमा नबस्ने जानकारी अन्य न्यायाधीशहरूलाई गराएको स्रोतले बतायो। उनीहरूको आजको बैठकमा पनि सहभागी भएका छैनन्।

“अब अटोमेसन प्रणालीबाट इजलास तोक्नेगरी हुने सर्वोच्च अदालतको नियमावली संशोधनबारे हुने बैठकमा बाहेक अन्यमा सहभागी नहुने जानकारी उहाँहरूले गराउनुभएको छ”, स्रोतले भन्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved