पोर्चुगल पराजित, कतार विश्वकप छनोटको प्लेअफमा धकेलियो

नेपालभ्युज

पोर्चुगल पराजित, कतार विश्वकप छनोटको प्लेअफमा धकेलियो

काठमाडौं । कतार विश्वकपका लागि जारी छनोट खेलमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगलले सर्बियासँग हार बेहोरेको छ। गएराति भएको खेलमा पोर्चुगल सर्बियासँग २-१ गोल अन्तरले पराजित भयो।

आइतबार राति समूह ‘ए’ को आफ्नो छनोट खेलमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाए पनि पोर्चुगलले थप दुई गोल खायो। सान्चेजले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए। तर सर्बियाले ३३ र निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै पोर्चुगललाई हरायो।

हारसँगै सन् २०२२ को विश्वकपक खेल्ने पोर्चुगलको आशालाई ठूलो धक्का लागेको छ। जितसँगै सर्बियाले कतार विश्वकपमा आफ्नो ठाउँ पक्का पनि गरेको छ।

९० औं मिनेटमा सब्स्टिच्युट एलेक्सान्डर मिट्रोभिकले गरेको हेडरले सर्बियालाई २० अंकसहित समूहको शीर्ष स्थानमा ल्यायो। दोस्रो स्थानमा रहेको पोर्चुगलभन्दा यो तीन अंक बढी हो। पोर्चुगललाई गोल अन्तरमा शीर्ष स्थानमा पुग्न र छनोट हुन मात्र बराबरी आवश्यक थियो।

अब पोर्चुगलले कतार विश्वकप २०२२ मा पुग्न समूह चरणका अन्य उपविजेताहरूसँग मार्चमा प्लेअफ खेल्नुपर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved