बैकिङ कसुर मुद्दामा फरार भारतीय समातिए

नेपालभ्युज

बैकिङ कसुर मुद्दामा फरार भारतीय समातिए
सांकेतिक तस्वीर

काठमाडौं। नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरेको थियो। उच्च अदालत पाटनले नौ लाख ५० हजार जरिवाना गरेपछि फरार मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज दिउँसो पक्राउ गरेको हो।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई आज दिउँसो काठमाडौँको कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।

उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो। साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved