मुख्यमन्त्रीबाट आचार्यले राजीनामा दिएसँगै सातै प्रदेशमा एमाले सत्ताबाहिर

नेपालभ्युज

मुख्यमन्त्रीबाट आचार्यले राजीनामा दिएसँगै सातै प्रदेशमा एमाले सत्ताबाहिर

काठमाडौं। प्रदेश १ काम मुख्यमन्त्री भीम आचार्यले राजीनाम दिएसँगै नेकपा (एमाले) सातै वटा प्रदेशमा सत्ताबाहिर भएको छ।

प्रदेश १ सभामा विश्वासको मत नपाउने अवस्था भएपछि आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्। २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र एमालेबीच चुनावी तालमेल भएको थियो। चुनावी तालमेल सार्थक भएपछि यी दुई पार्टीबीच एकता भई नेकपा बनेको थियो।

प्रदेश २ बाहेकका प्रदेशमा नेकपा सरकार बनाउन सफल भएको थियो। तर पार्टी फुटेर पुरानै स्वरूपमा फर्किएसँगै संघदेखि प्रदेशसम्मका सरकार धमाधम परिवर्तन हुँदै गएका छन्। गएको १० कात्तिकका बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्।

पार्टी एकता भएर दुई तिहाइ ल्याएको नेकपाले भागवण्डाका आधारमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेकपा माओवादीलाई मुख्यमन्त्री दिएको थियो भने प्रदेश २ मा बाहेक अन्यमा एमालेबाट मुख्यमन्त्री बनाइएको थियो। तर तग २३ फागुनमा पार्टी फुटाउने सर्वोच्चको आदेशसँगै पुरानो स्वरूपमा एमाले र माओवादी ब्युँतिएपछि एकपछि अर्को गर्दै प्रदेश सरकार ढल्दै गएको हो।

पार्टी विभाजनसँगै एमालेले पाएको चारवटै प्रदेश सरकारबाट बाहिरिएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रसँगै प्रदेशमा पनि गठबन्धन बनाएपछि एमाले एक्लिएको हो। केन्द्रमा पनि कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) जसपाबीच गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।

यसअघि लुम्बिनी प्रदेशबाट शंकर पोखरेल, गण्डकीबाट पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पद गुमाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved