प्रधानन्यायाधीशसँग वार्ता गर्न पुग्यो न्यायाधीशको टोली

नेपालभ्युज

प्रधानन्यायाधीशसँग वार्ता गर्न पुग्यो न्यायाधीशको टोली

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले वार्ता गर्न टोली बनाएका छन्। अनिलकुमार सिन्हा, सपना प्रधान र मनोज शर्मा सदस्य रहेको टोली प्रधानन्यायाधीश राणासँग वार्ताको लागि गएका छन्।

अहिले न्यायाधीशहरूको कार्यदल प्रधानन्यायाधीशको कार्यकक्षमा छन्। प्रधानन्यायाधीश राणा सम्मानजनक बहिर्गमनका लागि तयार भएमा उनको प्रस्ताव सुन्ने भन्दै वार्तामा गएको एक न्यायाधीशले बताए। सर्वोच्चमा आइतबार बसेको न्यायाधीशहरूको बैठकले वार्ता टोली गठन गरेको हो। न्यायाधीशहरूको बैठक सोमबार पनि बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved