भीम विश्वकर्मा हत्यामा संलग्नलाई कारबाहीको मागसहित जसपाको प्रदर्शन

नेपालभ्युज

भीम विश्वकर्मा हत्यामा संलग्नलाई कारबाहीको मागसहित जसपाको प्रदर्शन

काठमाडौं। चितवन भरतपुरमा कुटपिटबाट मृत्यु भएका भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको मागसहित जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंको माइतिघरमा जसपाको जनता समाजवादी दलित मुक्ती संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले भीम बहादुरको न्यायका लागि खबरदारीस्वरूप विरोध प्रदर्शन गरेको हो। प्रर्दशनमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका थिए। प्रदर्शनकारीहरूले ‘भीम बहादुरको परिवारलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए।

जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारबाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग उनीहरूले गरेका छन्।

गत २८ असोजमा चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा पूजाका विषयमा कुटपिट हुँदा मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved