प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरु छलफलमा

बुधबार मध्यान्ह साढे १२ बजेसम्म पनि प्रधानन्यायाधीश जबरा आफैंबाहेक कुनै न्यायाधीश इजलासमा बसेका छैनन्।

नेपालभ्युज

प्रधानन्यायाधीश इजलासमा, न्यायाधीशहरु छलफलमा

काठमाडौं। प्रधानन्यायाधीशको राजीनामा माग्दै तोकिएको इजलासलाई अघोषित बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि त्यसलाई निरन्तरता दिएका छन्।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्चमा आफू बाहेकका १० इजलास र आफ्नो एकल पूर्ण र १ पूर्ण इजलास तोकेका छन्। ती इजलासमा कुल २७८ मुद्दाको पेशी तोकिएको छ।

तर, बुधबार मध्यान्ह साढे १२ बजेसम्म पनि प्रधानन्यायाधीश जबरा आफैंबाहेक कुनै न्यायाधीश इजलासमा बसेका छैनन्। उनीहरुले विगत २ दिनदेखि जारी बहिस्कारलाई निरन्तरता दिएका हुन्।

प्रधानन्यायाधीश जबराले बुधबारका लागि इजलास गठन गरेर पेशी तोके पनि न्यायाधीशहरु जबराविरुद्धको छलफलमा केन्द्रित भएर इजलासमा अनुपस्थित भएका हुन्।

हिजो मंगलबार सर्वोच्चका १३ जना न्यायाधीशहरुको समूहले प्रधानन्यायाधीश राणालाई भेटेरै निकास दिनका लागि आग्रह गरेका थिए। जवाफमा जबराले आफू विधिबाट आएको र विधिबाटै जाने बताएका थिए।

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु : प्रधानन्यायाधीश

सर्वोच्चका न्यायाधीशले गरे ‘अघोषित’ बेन्च बहिस्कार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved