प्रधानन्यायाधीश विवाद

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु : प्रधानन्यायाधीश

न्यायाधीशहरुसँग जबराले भने, ‘मेरो नियुक्ति संवैधानिक बाटोबाट भएको हो । त्यही बमोजिम मेरो भूमिका हुन्छ।’

नेपालभ्युज

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु : प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू संवैधानिक बाटोबाट नियुक्त भएकाले त्यहीअनुसार काम गर्ने बताएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै छलफल गर्न पुगेका १४ जना न्यायाधीशहरुको समूहसँग कुरा गर्दै जबराले आफूले संविधानअनुसार नै कारबाही गर्दै जाने बताए।

न्यायाधीशहरुसँग जबराले भने, ‘मेरो नियुक्ति संबैधानिक बाटोबाट भएको हो । त्यही बमोजिम मेरो भूमिका हुन्छ।’

जबराले अहिले विवादमा तानिएका सबै न्यायाधीशले राजीनामा दिएको अवस्थामा बाहेक आफूले राजीनामा नदिने १४ न्यायाधीशहरुलाई प्रष्ट पारेको सर्वोच्च स्रोतले बतायो।

स्रोतका अनुसार न्यायाधीशहरुलाई जबराको जवाफ थियो, ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिएको खण्डमा मात्रै म पनि राजीनामा दिन्छु । सडकबाट माग्दैमा राजीनामा दिने हो भने न्यायपालिका बँच्न सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved