सर्वोच्चका न्यायाधीशले गरे ‘अघोषित’ बेन्च बहिस्कार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध मोर्चाबन्दी गर्दै न्यायाधीशहरुले अघोषित रुपमा बेन्च बहिस्कार गर्दा आज मुद्दाको सुनुवाइ हुन नसकेको हो।

नेपालभ्युज

सर्वोच्चका न्यायाधीशले गरे ‘अघोषित’ बेन्च बहिस्कार

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा बेन्च बहिस्कार गरेका छन्। सर्वोच्चमा आज सोमबार इजलास तोकिए पनि न्यायाधीश उपस्थित नहुँदा सुनुवाइ हुन सकेको छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध मोर्चाबन्दी गर्दै न्यायाधीशहरुले अघोषित रुपमा बेन्च बहिस्कार गर्दा आज मुद्दाको सुनुवाइ हुन नसकेको हो।

आआफ्नो इजलास बहिस्कार गरेको न्यायाधीशहरु उपस्थित नहुँदा आज दिउँसो साढे एक बजे बस्ने भनिएको फुल कोर्ट पनि बस्न सकेको छैन। फुल कोर्ट छाडेर न्यायाधीशहरु अलग्गै छलफलमा बसेका छन्।

न्यायाधीश मीरा खड्काको च्याम्बरमा अहिले न्यायाधीशहरु छुट्टै छलफलमा जुटेका हुन्। आज एकल, संयुक्त र पूर्ण गरी सात इजलास तोकिए पनि कुनैमा सुनुवाइ शुरु भएको छैन।

सर्वोच्चका केही न्यायाधीशहरु भने काठमाडौं बाहिर भएकाले फुल कोर्टमा उपस्थित नभएका बताइएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा रहँदा सपना प्रधान मल्ल धनगढीमा रहेकी बुझिएको छ।

न्यायाधीश अनिल सिन्हा कर्णालीको सुर्खेतमा रहेका बताइएको छ। यता, अर्का न्यायाधीश तेजबहादुर केसी बुटवलमा छन्। न्यायाधीश कुमार चुँडाल मुगुमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved