आर्मीको विजयी शुरुआत

नेपालभ्युज

आर्मीको विजयी शुरुआत

काठमाडौं। मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले विजयी शुरुआत गरेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै आर्मीले सुखद शुरुआत गरेको हो।

दोस्रो खेलमा भनिमण्डल स्पोर्टिङ क्लबले न्युरोड टिम (एनआरटी) लाई २–० ले हराएर सुखद शुरुआत गरेको छ। तेस्रो खेलमा फ्रेन्ड्स क्लब भेट्रान्स र एसएनकेसीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved