छिमेकीसँग सहकार्य नहुँदा प्राकृतिक विपत्ति

मनसुन र मनसुन अघिपछिको वर्षाले पुर्‍याउने जनधनको क्षति न्यूनीकरणमा स्वदेशी संयन्त्र मात्रै प्रभावकारी नभएका बेला दिगो संरचनासहित अन्तरदेशीय सहकार्य जरुरी छ।

छिमेकीसँग सहकार्य नहुँदा प्राकृतिक विपत्ति

काठमाडौं। गत वर्षको साउन पहिलो साताको अविरल वर्षापछि चीनको तिब्बतस्थित खासा क्षेत्रको ‘केरुङ च्छो’ नामको पोखरी भरियो।

पोखरी फुट्न सक्ने र तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने ठहर गर्दै चिनियाँ अधिकारीले नेपाललाई खबर गरे। खबर प्राप्त भएलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका र आसपासका भेगमा सर्तकता अपनाउन सूचना जारी गर्‍यो।

२०७० मा भारतले अग्रिम सूचनाबिना उत्तराखण्डको पिथौरागढस्थित धौलिगंगा जलविद्युत् आयोजनाको बाँध खोल्दा दार्चुला सदरमुकाममा ठूलो जनधनको क्षति भएको थियो। दार्चुलाको क्षतिपछि मात्रै भारतले नेपाली पक्षलाई बाँध खोल्नुअघि सूचना दिन थालेको छ।

छिमेकी मुलुकले नेपाललाई फाट्टफुट्ट पठाउने पत्र र इमेलभन्दा पनि विपद्को अग्रिम सूचना दिने स्थायी पूर्वाधार र संरचना आवश्यक देखिएको छ। मनसुन र मनसुन अघिपछिको वर्षाले पुर्‍याउने जनधनको क्षति न्यूनीकरणमा स्वदेशी संयन्त्र मात्रै प्रभावकारी नभएका बेला दिगो संरचनासहित अन्तरदेशीय सहकार्य जरुरी छ।

गत वर्ष साउन दोस्रो साता सिल्ट फ्लसिङ्ग र सरसफाइका लागि बाँध खोल्ने तयारी गर्दा दार्चुला प्रशासनलाई पत्राचार गरेपछि नेपालतर्फ सतर्कता अपनाइएको थियो। मौसमजन्य विपत्तिबारे एक अर्को मुलुकबीच अग्रिम सूचनाको अभ्यास नियमित हुन सकेको छैन।

छिमेकी मुलुकले नेपाललाई फाट्टफुट्ट पठाउने पत्र र इमेलभन्दा पनि विपद्को अग्रिम सूचना दिने स्थायी पूर्वाधार र संरचना आवश्यक देखिएको छ। मनसुन र मनसुन अघिपछिको वर्षाले पुर्‍याउने जनधनको क्षति न्यूनीकरणमा स्वदेशी संयन्त्र मात्रै प्रभावकारी नभएका बेला दिगो संरचनासहित अन्तरदेशिय सहकार्य जरुरी छ।

बेमौसमी भारी वर्षा र मनसुनकै बेलामा पनि वर्षाको प्रकृति फरक हुन थालेपछि एक अर्को मुलुकबीच सूचना आदानप्रदान अपरिहार्य भएको विज्ञ औल्याउँछन्। उच्च भेगमा भारी वर्षासँगै बाढी र हिमपात विस्फोट र बहुप्रकोपका घटना बढिरहँदा छिमेकी मुलुकको अग्रिम सूचना महत्वपूर्ण हुने जलवायुविज्ञ डा. धर्म उप्रेतीको बुझाइ छ।

मौसमका कारणले निम्तिने प्रकोपको सम्भावित क्षति न्यूनीकरणका लागि अग्रिम सूचना अपरिहार्य रहेको उनले बताए। ‘‘नेपालको विद्यमान संयन्त्र र सूचनाले मात्रै ढुक्क हुने अवस्था छैन’’, उप्रेती भन्छन्, ‘‘छिमेकी मुलुकमा विकास हुने प्रणालीले नेपालको मौसम प्रभावित हुने भएकाले पूर्वसूचना प्रणालीमा अन्तरदेशीय सहकार्य जरुरी छ।’’

अन्तरदेशीय सहकार्य नियमित र चुस्त नहुँदा नेपालले बर्सेनि जनधनको क्षति व्यहोर्ने गरेको छ। बंगालको खाडी र पश्चिमी वायुको दोहोरो प्रभावले लगातार भारी वर्षा हुँदा सो साता नेपालले ठूलो जनधनको क्षति भोग्यो। कार्तिक ३१ पछिको तीन दिनको लगातारको बेमौसमी वर्षाले एक सय  १० जनाभन्दा बढीको निधन भएको छ।

कैयौं बेपत्ता छन्। बाढी र पहिरोले विभिन्न ४० जिल्ला प्रभावित भएकाले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

मौसम पूर्वानुमानमा प्रयोग हुने उपकरण मध्ये ‘वेदर राडर’लाई अत्याधुनिक मानिन्छ। राडारले कम्तीमा ७२ घण्टासम्मको मौसमी सूचना अद्यावधिक गर्न सघाउँछ। राडारले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ।

एउटा राडारले चारै दिशाको तीन सय किलोमिटर भन्दा बढी भेग समेट्छ। नेपालबाट नजिक पर्ने भारतको लखनऊ, विहार, उत्तराखण्ड, उत्तरप्रदेशमा राडारमार्फत मौसम पूर्वानुमान गर्ने अभ्यास छ। यी भेगका राडारले नेपालतर्फको भेगसमेत सहजै नियाल्दा नेपालले भारतीय संयन्त्रबाट लाभ लिन नसकेको उप्रेती बताउँछन्।

“हामीले छिमेकी मुलुकको मौसम पूर्वसूचना प्रणालीका असल र प्रभावकारी अभ्यास बुझ्नुपर्छ, सिक्नुपर्छ। छिमेकका अभ्यास र उपकरणबाट नेपालले जति लाभ लिनुपर्ने हो, त्यो हुन सकेको छैन”, उनले भने। भारतीय मौसम विभागको पूर्वानुमानलाई पनि नेपालका सरोकारवाला निकायले विश्लेषण गर्दा लाभ नेपाल र नेपालीले लिन सक्ने उप्रेतीको सुझाव छ।

जल तथा मौसम विज्ञान विभागका अधिकारी पनि जलवायुजन्य जोखिम र मौसमको अग्रिम सूचनाका लागि अन्तरदेशिय सहकार्य प्रभावकारी नभएको स्वीकार्छन्। ‘‘नेपाल जस्तो फरक भौगोलिक अवस्थिति भएको देशका लागि यस्तो आवश्यकता विगतदेखि नै बोध भएको हो। आंशिक अभ्यास छ, नियमित अभ्यासमा आउन सकेको छैन’’, विभागका एक अधिकारीले भने।

वेदर राडारको अभ्यास नेपालले दुई वर्षअघि सुर्खेतबाट शुरु गरेको छ। वीरेन्द्रनगर नगरपालिका-१३ रातानाङ्ला डाँडाको ‘वेदर राडार केन्द्रले’ २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ।

विश्व बैंकको करिब ३० करोड रुपियाँको आर्थिक सहयोगमा सुर्खेतमा यस्तो केन्द्र स्थापना भएको हो। चुस्त मौसमी सूचना अद्यावधिक गर्न नेपालमा कम्तिमा तीन ठाउँमा राडार राख्नुपर्ने देखिएको छ। आवश्यकता पहिचान भए अनुसार पाल्पा र उदयपुरमा पनि राडार केन्द्र स्थापनाको प्रक्रिया बढेको विभागले जनाएको छ।

बहुप्रकोपको पूर्वसूचना प्रणालीका लागि विभागले दुई वर्षअघि थाइल्याण्डको ‘राइम्स’ संस्थासँग सहकार्य गरेको छ। दक्षिण एशिया, चीन, दक्षिण अफ्रिकालगाय मुलुक र क्षेत्रसँग राइम्सको सहकार्य छ। राइम्सको अग्रिम सूचना चुस्त र विश्वसनीय मानिन्छ।

विभाग स्रोतका अनुसार एक सातायता राइम्सले नेपाललाई मौसमको अग्रिम सूचना पठाएको छैन। राइम्सले सूचना नपठाउँदा विभाग ३१ असोजपछिको भारी वर्षाबारेको अनुसन्धानमा चुकेको विज्ञहरुको अनुमान छ।

तर मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर भने नेपालको मौसम पूर्वानुमानमा राइम्सको सूचनालाई पूर्ण आधार मान्न नसकिने बताउँछिन्। उनले भनिन्, “हामीले राइम्सको सूचना पनि हेरिहेका हुन्छौं। मौसमको सूचना सम्प्रेषण गर्दा हामी आफ्नै तथ्यांक र अवस्था विश्लेषण गर्छौ।”

बेमौसमी वर्षा अस्वाभाविक

मनसुनको आखिरी समय १५ असोजदेखि १४ मंसीर सम्मलाई मनसुन उतरार्द्ध (पोष्ट मनसुन) अवधि मान्ने गरिन्छ। पोष्ट मनसुनमा फाट्टफुट्ट वर्षा हुने गर्छ। तर, यसपटक १५ असोजदेखि ३ कार्तिकसम्ममा ३३६.९ प्रतिशत वर्षा भएको छ।

२४ घण्टामा १४० मिलिमिटर र सो भन्दा बढी वर्षा भएमा मौसमविद्हरु ‘भारी वर्षा’का रुपमा बुझ्ने गर्छन्। २४ घण्टामा दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अतिभारी’ मान्ने गरिन्छ।

यसपटक ३१ असोजयता ४८ घण्टाको अवधिमा डडेलधुराको साहुखर्कमा ५०२.२ मिलिमिटर वर्षा भएको छ। कार्तिक शुरु भएपछि (अक्टोबर तेस्रो साता) लगातार भारी वर्षा भएकाले यसलाई स्वाभाविक मान्न नसकिने अर्का जलवायुविज्ञ डा. ङमिन्द्र दाहाल बताउँछन्।

बेमौसमी वर्षाबारे अग्रिम र सही सूचना समयमा सम्प्रेषण नहुँदा कृषकले ठूलो क्षति भोगेका विज्ञहरूको विश्लेषण छ। “विभागले फल्ना प्रदेशको एक दुई स्थानमा वर्षाको सम्भावना छ भनेर हुँदैन, कुन जिल्लाको कुन भेगमा कति वर्षा हुन्छ भनेर नबताएसम्म सूचनाको अर्थ रहँदैन”, जलवायुविज्ञ डा. दाहालले बताए।

जलवायु विचलनका धेरै किसिमका असर देखिरहँदा अहिलेको बेमौसमी वर्षाले जनधनको क्षति पुर्‍याएको उनको बुझाइ छ। “यो बेला मध्य मनसुनकाभन्दा ठूलो पानी परेको छ, यो असामान्य घटना हो”, दाहालले भने, “विगतमा हामीले देखेको, भोगेको भन्दा फरक प्रकृतिको घटना र क्षति भएको छ।”

बेमौसमी वर्षाबारे अग्रिम र सही सूचना समयमा सम्प्रेषण नहुँदा कृषकले ठूलो क्षति भोगेका विज्ञहरूको विश्लेषण छ। मौसम विभागको मौसमी सूचना चुस्त र विश्वसनीय नभएको दाहालको तर्क छ। “विभागले फल्ना प्रदेशको एक दुई स्थानमा वर्षाको सम्भावना छ भनेर हुँदैन, कुन जिल्लाको कुन भेगमा कति वर्षा हुन्छ भनेर नबताएसम्म सूचनाको अर्थ रहँदैन”, उनले भने।

दाहालले दोहोर्‍याए, “मौसम पूर्वानुमान एडभान्स साइन्स हो, अग्रिम सूचनाबारे नेपालको अनुसन्धान व्यवस्थित हुन सकेको छैन। यसपटकको बेमौसमी वर्षा र वर्षाको प्रकृतिले जलवायु विचलन प्रस्ट भयो।”

बहुप्रकोपको पूर्वसूचनाका लागि ‘कमन अलर्ट प्रोटोकल’ (क्याप) अभ्यासमा छ। क्याप इन्टरनेट, स्याटेलाइट, स्मार्टफोनलगायत अन्य सञ्चार उपकरणमार्फत बहुप्रकोपको पूर्वसूचना दिने उच्चस्तरीय प्रविधि हो। चीन, भारत, पाकिस्तानलगायत मुलुकले यस्तो अभ्यासमा जोडिएका छन्। पाँच वर्षयता यस्तो अभ्यासबारे चासो लिएको नेपाल अझै क्यापमा जोडिएको छैन।

तिब्बतमा मौसमी स्टेसन राखिँदै

जल तथा मौसम विभागमातहत पाँच सय २९ मौसम मापन स्टेशन छन्। तीमध्ये एक सय हाराहारी सञ्चालनमा छैनन्। चार हजार मिटरभन्दा माथिका भेगमा केबल नौ वटा स्टेशन छन्। यी पनि स्वचालित होइनन्।

नेपाललाई लक्षित गरेर तिब्बतमा ‘ग्लासियर एण्ड स्नो मोनिटरिङ स्टेशन’ र हिमपात विस्फोटको पूर्वसूचना दिने ‘ग्लोफ स्टेशन’ स्थापना लागि प्रक्रिया अघि बढेको मौसम विभागले जनाएको छ।

रसुवाको केरुङ हुँदै बहने भोटेकोशीको उद्गमस्थल र अरुण नदीको उपल्लो भेग किमाथांकामा यस्ता स्टेशन राख्ने तयारी भएको विभागका एक अधिकारीले बताए। “अन्तरदेशिय सहकार्य नभएसम्म नेपालजस्तो देशका लागि मौसम पूर्वानुमान प्रभावकारी हुँदैन। त्यसैले यही आर्थिक वर्षभित्रै तिब्बतमा दुई वटा स्टेशन सञ्चालन गर्ने तयारी भइरहेको छ”, ती अधिकारीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved