देशभरका सिनेमा हल आज बन्द, यस्तो छ कारण

नेपालभ्युज

देशभरका सिनेमा हल आज बन्द, यस्तो छ कारण

काठमाडौं । देशभरका सिनेमा हल आज बन्द गरिएका छन् । मूल्य अभिवृद्धि करबाहेकका अन्य कर खारेजीको माग गर्दै हल संचालकले देशभरका फिल्म हलहरू सोमबार एक दिनलाई बन्द गराएका हुन् ।

नेपाल चलचित्र संघले एक दिनका लागि सांकेतिकरुपमा फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्स सिनेमाजले हल बन्द गरेको जनाएको छ ।

क्यूएफएक्सले आफ्नो साइटमा भनेको छ, ‘सरकारले अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved