पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, ६ घाइते

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक-११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

नेपालभ्युज

धनकुटा। धनकुटामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको निधन भएको छ। चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मंगलबार राति पहिराले घर पुर्दा एकै परिवारको ६ जनाको मृत्यु भएको हो।

गएराति करीब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो। पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक-११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

पहिरोमा पुरिएर घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायले जानकारी दिए।

गम्भीर घाइतेसहित अन्य घाइते ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीया सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन्। घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved