एम्नेस्टीकाे काेभिड प्रतिवेदन

अभिव्यक्ति स्वतन्त्रताको ‘हनन्’ले सार्वजनिक स्वास्थ्यमा असर

चीनमा महामारी शुरु हुनअघि नै त्यहाँका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकारहरुले २०१९ डिसेम्बरबाट नै महामारी बारे सचेत गराउने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ। त्यससमयमा अज्ञात रहेको रोगका विषयमा सूचना बाहिर चुहाएको भन्दै केही व्यक्ति सरकारको निशानामा परेका थिए।

नेपालभ्युज

अभिव्यक्ति स्वतन्त्रताको ‘हनन्’ले सार्वजनिक स्वास्थ्यमा असर

एजेन्सी। सरकारबाट भएको अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला र गलत प्रचारका कारण विश्वभरकै मानिसले कोभिड-१९ बाट जुध्न अप्ठेरो महशुस गरेका छन्। अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हमला र कोभिड-१९ सम्बन्धी गलत सूचनाका कारण मानिसले सही सूचना प्राप्त नगर्दा स्वास्थ्य संकट व्यर्होनु परेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ।

एम्नेस्टी इन्टरनेशनलले प्रकाशित गरेको प्रतिवेदन ‘मौन र गलत सूचनाः कोभिड-१९ का दौरान अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ शीर्षकमा मंगलबार प्रकाशन गरेको प्रतिवेदनमा सरकारले महामारीका अवस्थामा अभिव्यक्ति स्वतन्त्रतामा गरेको कठाईका कारण मानिसहरुले गुणस्तरीय सूचना प्राप्त गर्नबाट वञ्चित भएको बताएको छ। सही सूचना मानिसमाझ पुग्न नसक्दा त्यसले स्वास्थ्यमा नै संकट आएको प्रतिवेदनमा उल्लेख छ।

एम्नेस्टीका अनुसार महामारीले ‘खतरनाक अवस्था’को निर्माण गर्यो। त्यस क्रममा सरकारले स्वतन्त्र रिपोर्टिङलाई अवरुद्ध गर्ने, सरकारलाई कोभिड-१९ का क्रममा जनताप्रति उत्तरदायी बनाउने आलोचकहरुका विश्लेषणलाई वास्ता नगर्ने, त्यस्ता व्यक्तिहरुलाई चुप लाग्न बाध्य पार्ने जस्ता कार्य भएको प्रतिवेदनमा जनाइएको छ।

‘‘महामारीको अवधिभर नै सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई निरन्तर आक्रमण गर्ने कार्य गरेको, मानिसहरुको नैसर्गिक अधिकारलाई वञ्चित गर्ने कार्य भयो’’, एम्नेस्टी अनुसन्धान वकालत र नीतिका वरिष्ठ निर्देशक रजत खोस्ला बताउँछन्।

सञ्चार माध्यम सरकारको निशानामा थिए भने समाजिक सञ्जाललाई नियमन गर्ने काम भएको थियो। यस्तै केही पत्रपत्रिका बन्द गर्ने कार्य हुँदा त्यसले मानिसहरु कोभिड-१९ सम्बन्धी सही सूचना प्राप्त गर्नबाट वञ्चित भएका प्रतिवेदनमा जनाइएको छ।

‘‘महामारी बीचमा पत्रकार र स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई चुप लाग्न बाध्य पार्नेदेखि जेलसमेत चलान गरिएको थियो। त्यस कारण पनि मानिसहरुले कोभिड-१९ का विषयमा आवश्यक सूचना पाउन सकेनन्। यस्तो हुँदा मानिसले आफूलाई महामारीबाट कसरी सुरक्षित राख्ने भन्ने ज्ञान प्राप्त गर्न नसक्दा करीब ५० लाख मानिसले कोभिडका कारण ज्यान गुमाउन पर्यो। जसमध्य धेरैले सूचनाको अभावमा आफ्नो ज्यान गुमाउन बाध्य भए’’, खोस्ला भन्छन्।

चीनमा महामारी शुरु हुनअघि नै त्यहाँका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकारहरुले २०१९ डिसेम्बरबाट नै महामारी बारे सचेत गराउने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ। त्यससमयमा अज्ञात रहेको रोगका विषयमा सूचना बाहिर चुहाएको भन्दै केही व्यक्ति सरकारको निशानामा परेका थिए।

फेब्रुअरी २०२० सम्म आइपुग्दा ५ हजार ५११ व्यक्ति उपर आपराधिक अनुसन्धानको क्रम शुरु भएको थियो। ती व्यक्तिहरुलाई गलत सूचना प्रकाशित, प्रशारित गरेका आरोप लगाइएको प्रतिवेदनमा जनाइएको छ।

चीनका एक पत्रकार झाङ झानले फेब्रुअरी २०२० मा वुहानको भ्रमण गरेकोमा मे महीनामा बेपत्ता भएका थिए। पछि मात्रै उनी पुलिसको नियन्त्रणमा रहेको बताइयो। उनलाई ‘मानिसहरुलाई उक्साएकाे’ भन्दै चार वर्षको जेल सजाय सुनाइएको छ।

यस्तै, तान्जानिया, रसिया, निकारागुवा लगायतका देशले पनि अभिव्यक्ति स्वतन्त्रतामा कडाइ गरेका थिए। महामारीका नाममा सरकारका आलोचकहरुलाई मौन बस्न बाध्य पारिएको प्रतिवेदनको दाबी छ।

‘विभाजन र भ्रम’

सरकारले मात्रै होइन सामाजिक सञ्जालले पनि गलत सूचनाले भ्रम सिर्जना गर्ने काम गरेका पाइएको छ। कोभिड-१९ का क्रममा विकास गरिएका सामाजिक सञ्जालका सामग्री मानिसको ध्यान आकर्षण गर्न मात्रै केन्द्रित रहँदा त्यसको सही सूचनाको मूल्यांकन नभएको प्रतिवेदनको आरोप छ। त्यस प्रकारका गतिविधिले समाजमा भ्रम फैलाउन सहयोग पुगेको बताइएको छ।

सही सूचनालाई सञ्चार माध्यमका केही व्यक्ति र शक्तिमा रहेका व्यक्तिको हितलाई मध्यनजर राख्दै दबाउने कार्य हुँदा त्यसले समाजमा विभाजन र भ्रमको अवस्था देखिएको छ। यस प्रकारको गतिविधिले स्वास्थ्य सम्बन्धी अभिव्यक्ति स्वतन्त्रतामा कमी आउँदा मानिसलाई असर पुगेको प्रतिवेदनकाे दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved