यौन दुर्व्यवहारको आरोपमा फुटबलर पक्राउ

इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका एक खेलाडी पक्राउ परेका छन्। ब्राइटन प्रहरीले महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा नाइट क्लबबाट पक्राउ गरेको हो।

नेपालभ्युज

यौन दुर्व्यवहारको आरोपमा फुटबलर पक्राउ

एजेन्सी। यौन दुर्व्यवहार गरेको आरोपमा एक फुटबल खेलाडी पक्राउ परेका छन्। बेलायतमा व्यावसायिक फुटबल खेलिरहेका एक खेलाडी पक्राउ परेका हुन्।

इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका एक खेलाडी पक्राउ परेका छन्। ब्राइटन प्रहरीले महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा नाइट क्लबबाट पक्राउ गरेको हो।

ती खेलाडीसँगै अर्का एक व्यक्ति पनि सोही आरोपमा उनीसँगै पक्राउ परेका छन्। पक्राउ परेका खेलाडीको उमेर २० वर्ष रहेको बताइए पनि परिचय भने गोप्य राखिएको छ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा ब्राइटन क्लबले पनि सहयोग गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved