मुख्यमन्त्री राउतले पाए विश्वासको मत

नेपालभ्युज

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन्।

बुधबार प्रदेशसभा बैठकमा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ। यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो।

त्यस्तै उनको विपक्षमा २३ मत परेको थियो भने बैठकमा १ सय मत खसेको थियो। मुख्यमन्त्री राउतलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका थिए।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved