लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको प्रतिस्थापन बजेट

सरकारले चालू खर्चतर्फ १ अर्ब २९ करोड १६ लाख रुपैयाँ कटौती गरी पूँजीगत तर्फ १ अर्ब २९ करोड १६ लाख बढाएर नयाँ बजेट ल्याएको छ।

नेपालभ्युज

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको प्रतिस्थापन बजेट

डोटी। लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थितिबिना आज साँझ ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नयाँ बजेट प्रस्तुत गरेका हुन्।

आर्थिक मामिला मन्त्री खड्काले चालू आर्थिक वर्ष २०७८/७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। यो पूर्ववर्ती सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ल्याए जत्तिकै बजेट हो।

नयाँ बजेटमा चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगततर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रतिशतका आधारमा कूल बजेटको चालूतर्फ ३३.३१ प्रतिशत र पूजीगततर्फ ५४.८७ प्रतिशत हुन आउँछ।

त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। सरकारले चालू खर्चतर्फ १ अर्ब २९ करोड १६ लाख रुपैयाँ कटौती गरी पूँजीगत तर्फ १ अर्ब २९ करोड १६ लाख बढाएर नयाँ बजेट ल्याएको छ।

आर्थिक मामिला मन्त्री खड्काले प्रस्तुत गरेको बजेट आजै पारित गर्ने सरकारको तयारी छ। त्यसका लागि सभामूख पूर्णबहादुर घर्तीले पाँच बजे प्रदेश सभा बैठक बोलाएका छन्।

आज बिहान बसेको प्रदेशसभाको बैठकको शुरुमै प्रमुख प्रतिपक्षी एमालले सदन घेराउ गरेपछि बैठक साँझ ४ बजेका लागि स्थगित भएको थियो। ४ बजेको बैठकमा भने एमालेले उपस्थिति नै जनाएन।

हेर्नुहोस् पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved