वेदुराम भूसाल भन्छन्, “मन्त्रालय बाँडफाँटमै सहमति हुन सकेन”

"एमालेको प्रथम विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाउने कुम्भमेला

नेपालभ्युज

काठमाडौं। मन्त्रालय बाँडफाँटमै सहमति नहुँदा अझै पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भूसालले बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा डा भूसालले मन्त्रालय टुंगो लाग्नेबित्तिकै दलहरूले मन्त्रीहरूको नाम दिने बताए।

छिट्टै सरकारले छिट्टै पूर्णता पाउने पनि उनले बताए। अहिले अर्लि इलेक्शन गर्ने कुरा असम्भव रहेको पनि भूसालले टिप्पणी गरे। त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको धारणा राखे।

एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको उनले बताए। भूसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिँदै कुनै विचार र दृष्टिकोण नै नरहेको आरोप लगाए।

जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved