अढाई महीने सरकारको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य : शेखर कोइराला

कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका डा. कोइरालाले महाधिवेशन प्रभावित पार्नका लागि वर्तमान पार्टी नेतृत्वले राखेको प्रस्ताव आपत्तिजनक भएको बताए।

नेपालभ्युज

अढाई महीने सरकारको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य : शेखर कोइराला
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशमा पार्टीले अढाई महीनाका लागि सरकारको नेतृत्व मागेको विषय आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका डा. कोइरालाले महाधिवेशन प्रभावित पार्नका लागि वर्तमान पार्टी नेतृत्वले राखेको प्रस्ताव आपत्तिजनक भएको बताए।

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत महाधिवेशनलाई लक्षित गरी अढाई महीना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य बताए। उनले यस्तो कार्यले कांग्रेस पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ।

डा. कोइरालाले यस्ता कार्यमा संलग्न नहुन सबैमा आग्रह पनि गरेका छन्। उनले पार्टी नेतृत्वको यस्तो कदमले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन्।

डा. कोइराला लेख्छन्, ‘‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved