संसद सुचारु गर्ने विषयमा सरकारले पहल नगरेको एमालेको आरोप

नेपालभ्युज

संसद सुचारु गर्ने विषयमा सरकारले पहल नगरेको एमालेको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद सुचारु गर्ने विषयमा सरकारले पहल नगरेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सांसद खगराज अधिकारीले संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल नगरेको बताए। लगातार संसद अवरुद्ध हुँदा सरकारले औपचारिक कुनै वार्ता नगरेको भन्दै ध्यानाकर्षण गराए ।
अधिकारीले भने ‘‘सदन सुचारु गर्ने विषयमा सरकारले पहल गरेन। सरकार यतिसम्म गैर जिम्मेवार होला भन्ने लागेको थिएन।’’
संसद अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूको नाम सभामुखले प्रकाशन नगरेको भन्दै संसदमा जवाफ माग गर्दै आएको छ।
संसदमा गतिरोध देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक राखेका थिए। एमालेसँग वार्ता गर्नुपर्नेमा सर्वदलीय बैठक भन्दै एमालेले बहिष्कार गरेको थियो। संसदमा देखिएको गतिरोध अन्त्यका लागि एमालेसँग वार्ता गर्नुको सट्टा सर्वदलीय बैठक राखिएको भन्दै आपत्ति जनाएको थियो।
साथै सर्वदलीय बैठकले संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न सभामुखलाई नै जिम्मेवारी दिएको थियो । तर यस बिचमा सभामुख र प्रतिपक्ष दल विच कुनै औपचारिक वार्ता हुन सकेको छैन।
संसदमा सभामुख र प्रतिपक्ष दल बीच द्वन्द्वको अवस्था देखिएको पछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छैनन् । सभामुखले प्रक्रिया मिचेरै संसद बैठक चलाइरहेका छन्। यस्तै एमाले नेता खगराज अधिकारीले आफूहरुको एजेन्डा कार्यान्वयन नहुँदासम्म संसद अवरोध कायम रहने प्रतिक्रिया दिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved