तस्वीरमा हेर्नुहोस् नेकपा (एस) को पार्टी कार्यालय उद्घाटन

तस्वीरमा हेर्नुहोस् नेकपा (एस) को पार्टी कार्यालय उद्घाटन

काठमाडौं । एमालेबाट अलग्गिएर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज मीनभवन (तीनकुने) स्थित आलोकनगरमा पार्टी कार्यालय उद्घाटन गरेको छ।

शेरबहादुर देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बनेको यो पार्टीले आज बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गरेको हो।

पार्टी कार्यालय उद्घाटन क्रममा अध्यक्ष नेपालले अब पुराना गल्ती कमजोरी सच्याउँदै अघि बढ्ने प्रण गरेका छन्। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेता र पार्टीका साथै राजनीतिमा देखिएका विकृतिविरुद्ध उभिने पनि उनले त्यहाँ बताएका थिए।

नेकपा एमालेसँग अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि कार्यालयबाट नियमित काम शुरु पनि गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved