गणतन्त्र दिवस समारोहमा काठमाडौंका मेयर र उपमेयर दुवै अनुपस्थित

नेपालभ्युज

गणतन्त्र दिवस समारोहमा काठमाडौंका मेयर र उपमेयर दुवै अनुपस्थित

काठमाडौं। १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुवै अनुपस्थित भएका छन् ।

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी नभएका हुन्।

गणतन्त्र दिवसको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयका अनुसार बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएका हुन् । मेयर बालेनकी श्रीमती गर्भवती भई अस्पतालमा राख्नुपरेपछि अनुपस्थित भएको अनुपान छ ।

महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए ।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भने सहभागी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved