संसद् बैठक

एमाले अवरोधबीच विनियोजन विधयेक पेश

नेपालभ्युज

एमाले अवरोधबीच विनियोजन विधयेक पेश
फाइल फोटो

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन्।

बैठक शुरु हुनेबित्तिकै नेकपा एमालेका सांसदहरूले ‘वेल’ घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहहरूले अवरोध कायमै रोखेका छन्। एमालेका सांसदले ‘संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर भन्ने नाराबाजीसहित रोष्टम घेराउ गरेका थिए।

यसअघि सोमबार बैठक सञ्चालनका लागि सभामुखले छलफल राखे पनि एमाले सहभागी भएन।

एमालेले आफूले कारबाही गरिसकेपछि नयाँ पार्टी बनाएका माधव नेपालसहितका १४ सांसदलाई संसदमा प्रवेश गराएको भन्दै संसद अवरोध गर्दै आएको हो । संसदको बैठक सरु भएको यही भदौ २३ यता एमालेले लगातार संसदको अवरोध गर्दै आएको छ । यसअघि बसेको ७ वटा बैठकमा समेत एमालेले नाराबाजी गरेको थियो।

प्रतिनिधि सभाको अर्को बैठक ४ असोज २०७८ बिहान ११ बजे बस्ने सभामुखले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved