बोलिभियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले तोडे पेलेको रेकर्ड

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा मेस्सीले ह्याट्रिक गर्दै अन्तर्राष्ट्रिय गोलसंख्या ७९ पुर्‍याए।

नेपालभ्युज

बोलिभियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले तोडे पेलेको रेकर्ड

एजेन्सी। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले ब्राजिलियन लेजेन्ड पेलेको अन्तर्राष्ट्रिय गोलकाे रेकर्ड तोडेका छन्। विश्वकप छनोट अन्तर्गत बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सीले पेलेको रेकर्ड तोडेका हुन्।

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा मेस्सीले ह्याट्रिक गर्दै अन्तर्राष्ट्रिय गोलसंख्या ७९ पुर्‍याए। यसक्रममा उनले पेलेको रेकर्ड तोडेका हुन्।

बोलिभिया विरुद्धको खेलमा एक गोल मात्रै गरेको अवस्थामा पनि मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेको रेकर्ड बराबरी गर्ने परिस्थिति थियो। तर, उनले खेलमा ह्याट्रिक गर्दै पेलेको ७७ गोलको रेकर्ड तोडेका हुन्। मेस्सीले पेलेले भन्दा २ गोल बढी गरे।

यो सूचीमा मेस्सी र पेलेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)मा मेस्सीका सहयात्री ब्राजिलियन स्टार नेइमार रहेका छन्। उनले ब्राजिलका लागि ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

मेस्सी चम्किएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलअन्तरले पन्छायो। मोनुमेन्टल रंगशालामा भएको खेलमा मेस्सीले खेलको १४ औँ, ६४ औँ र ८८ औँ मिनेटमा गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved