विश्वकप छनोट

बोस्नियासँग रोकियो विश्वविजेता फ्रान्स

नेपालभ्युज

बोस्नियासँग रोकियो विश्वविजेता फ्रान्स

एजेन्सी। विश्वकप फुटबलको छनोट खेलमा विश्वविजेता फ्रान्स बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा फ्रान्स बोस्यिना हर्जगोभिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित हुन पुगेको फ्रान्स बराबरीमा रोकिएको हो। पाहुना टोली बोस्नियाले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमै चित्त बुझायो।

बोस्नियाका लागि इडिन जिकोले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, घरेलु टोली फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले ३९ औँ मिनेटमा बराबरी गोल फर्काए।

पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा फ्रान्सका जुल्स कोउन्डेले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved