नेपाली टिम छाड्ने अलमुताइरीको संकेत

नेपालभ्युज

नेपाली टिम छाड्ने अलमुताइरीको संकेत

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पुनः नेपाली टिम छाड्ने संकेत गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पकंज विक्रम नेम्वाङसँगको विवादमा तानिएका उनलाई छानविन समितिले घुमाउरो शैलीमा दोषी देखाएपछि उनको यस्तो आशय सार्वजनिक भएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानविन समितिले बुधबार परिषद्का सदस्य–सचिव रमेश सिलवाललाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको छ। छानविन समितिले घुमाउरो शैलीमा अलमुताइरीलाई नै दोषी देखाएको छ। ‘म बाहिरिए, राजनितिले काम गरोस’, बुधबार साँझ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यससँगै अलमुताइरीले दोस्रो पटक जिम्मेवारीबाट अलग हुने आशय व्यक्त गरेका छन्। कुवेती नागरिक उनी गत चैत २२ मा नेपाली फुटवल टोलीमा जोडिएका थिए। गत महिना एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिने आसयको स्टाटस सामाजिक सञ्जालमा आएपछि अलमुताइरी विवादमा तानिएका थिए।

गत साउन ७ गते अलमुताइरीले एन्फा परिसर बाहिर धुम्रपान गरेको विषयमा सञ्चारकर्मीहरूले प्रश्न गर्दा अनुशासन विवाद सार्वजनिक भएको थियो। विवाद चुलिएपछि दुवै पक्षले निष्पक्ष छानविनको माग राखेका थिए। छानविन समितिले प्रतिवेदन बुझाए पनि राजीनामाबारे अलमुताइरीको आधिकारिक धारणा आउन बाँकी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved