पहिले र अहिलेको सरकारले ल्याएको अध्यादेशमा आकाश-जमीनको फरक छ : प्रचण्‍ड

नेपालभ्युज

पहिले र अहिलेको सरकारले ल्याएको अध्यादेशमा आकाश-जमीनको फरक छ : प्रचण्‍ड
फाइल तस्वीर

काठमाडाैं । लोकतन्त्र जोगाउन र अझै बलियो बनाउन राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएको नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दाबी गरेका छन्।

केपी ओलीले लोकतन्त्र र गणतन्त्र मास्न राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेकाले यसको विरोध गरेको पनि उनले बताए।

बिहीबार (आज) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइसाैं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तक्रियामा उनले भने, ‘जसले ल्याए पनि अध्यादेश अध्यादेश नै हो, फरक यत्ति हो ओलीले गणतन्त्र मास्न ल्याउन खोजे हामीले जोगाउन।’

पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिलेकोले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको उनको दाबी थियो। भने, ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ। दुईटा अध्यादेशमा आकाश र जमीनको फरक छ।’

केही दिनमै मन्त्रिमण्डल पूर्ण हुने पनि उनले दाबी गरेका थिए। भने, ‘माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved