रुबि खानलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

रुबि खानलाई रिहा गर्न सर्वोच्चको आदेश
फाइल तस्वीर

काठमाडौं। रुबि खानलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार अनिलकुमार सिन्हाको इजलासमा भएको सुनुवाइमा  सर्वोच्चले खानलाई रिहा गर्न र रिहाइपछि पुन: धरकपड नगर्न आदेश दिएको हो।

नेपालभ्यूजसँग टेलिफोन सम्पर्कमा रुबिले आफूलाई छाडिएको र अहिले आफू माइतीघर मण्डलामा भएको जानकारी दिइन्।

बाँकेका नकुन्नी धोबीको हत्या र बेपत्ता भनिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै रुबिसहित १६ जना न्यायका लागि काठमाडौं आएका  थिए। १९ दिन बाँकेमा धर्ना दिए पनि प्रहरीले चुस्त अनुसन्धान नगरेको भन्दै २० दिन पैदल हिँडेर आएका उनीहरू माइतीघर मण्डलामा निरन्तर धर्नामा छन्।

काठमाडौं आएको अर्को दिन नै  १६ मध्ये १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमध्ये अरुलाई शनिबार छाडिएकोमा रुबिलाई भने बहुविवाहको मुद्दा लगाइ नेपालगञ्ज पुर्‍याइएको थियो।

प्रहरी वृत्त लैनचौरले पक्राउ गरी नेपालगञ्ज पुर्‍याएपछि अधिवक्ता मोहना अन्सारीले  उक्त प्रहरी वृत्तविरुद्ध रिट हालेकी थिइन्। सर्वोच्चले २८ असोजमा सर्वोच्चमा उपस्थित गराउन आदेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले रुबिलाई बुधबार काठमाडौं पठाएको थियो। उक्त मुद्दामा फैसला गर्दै सर्वोच्चले रुबिलाई छाड्न आदेश दिएको हो।

यो पनि पढ्नुहोस्

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved