आइएमई पेबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ‘क्यासब्याक अफर’

नेपालभ्युज

आइएमई पेबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ‘क्यासब्याक अफर’

काठमाडौं। आइएमई पेबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ।

आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत १० असारदेखि उक्त एपबाट एनएलआइसीको बीमा किस्ता भुक्तानी गर्दा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम २५०० सम्म) क्यासब्याक पाउने छन्।

साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

केवाईसी रुजु भएका प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मितिभित्र वा मितिपछिको ७ दिनभित्र आइएमई पे एपबाट गरेमा मात्रै उक्त अफर प्राप्त गर्न सक्नेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved