मतदान गर्न गएका वृद्धको मृत्यु

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।

मतदान गर्न गएका वृद्धको मृत्यु
सांकेतिक तस्वीर।

धनगढी। बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक दीपक विष्टका अनुसार भाट आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर मुर्छा परेका थिए।

उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved