भरतपुर अपडेट : देउवालाई भेट्न मानेनन् जगन्नाथ पौडेलले

पौडेलले आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने भेटेका छन्।

भरतपुर अपडेट : देउवालाई भेट्न मानेनन् जगन्नाथ पौडेलले

काठमाडौं। सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अस्वीकार गरेका छन्।

सत्ता गबठन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पुराना नेता पौडेलले देउवालाई भेट्न अस्वीकार गरेका चितवन कांग्रेसका नेता शम्भुराम अर्यालले जानकारी दिए। विराटनगरबाट सेनाको विमानमा भरतपुर पुगेका देउवाले भेट्न प्रयास गरे पनि पौडेलले नमानेका हुन्।

देउवाले सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई सघाउने गरी उम्मेदवारी निस्क्रिय बनाउनका लागि प्रयास गर्नेगरी भेट्न खोजे पनि पौडेलले आफ्नो उम्मेदवारी कुनै पनि अवस्थामा निस्क्रिय नहुने अडान छाडेनन्।

त्यसअघि, पौडेलले आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने भेटेका छन्। उनले वरिष्ठ नेता पौडेललाई पनि आफू निस्क्रिय नबन्ने र कांग्रेस जोगाउनका लागि खट्ने जवाफ दिएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई कांग्रेसले पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि कांग्रेसले कारबाही गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved