ढाकाको बङ्गबजार क्षेत्रमा भीषण आगलागी

ढाकामा सस्तो लुगा पाउने बजारको रुपमा प्रसिद्ध बजार मङ्गलबार बिहान देखि आगोको चपेटामा आएको हो।

नेपालभ्युज

ढाकाको बङ्गबजार क्षेत्रमा भीषण आगलागी

काठमाडौं। बङ्गलादेशको राजधानी ढाकाको बङ्गबजारमा भीषण आगलागी भएको छ। ढाकामा सस्तो लुगा पाउने बजारको रूपमा प्रसिद्ध उक्त बजारमा मङ्गलबार बिहानदेखि आगलागी भएको  हो।

द एसोसिएटेड प्रेसका अनुसार ४७ युनिट दमकलहरू आगो नियन्त्रणका लागि खटिरहेका छन्। आगलागीको कारण भने पत्ता लागेको छैन।

बंगलादेशका एक पत्रकार अब्दुल्ला अलरफिले सामाजिक सञ्जालमा आगलागीको भिडियो सार्वजनिक गरेका थिए।

बजार शहरको भित्र र साँघुरो गल्ली रहेकाले अग्नि नियन्त्रक सामग्री समयमै नपुग्दा उक्त व्यापारिक क्षेत्रमा आगलागीजस्ता घटना हुँदा ठूलो नोक्सान हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved