रवि लामिछानेलाई नागरिकताका विषयमा आयोगले सोध्यो स्पष्टीकरण

नेपालभ्युज

रवि लामिछानेलाई नागरिकताका विषयमा आयोगले सोध्यो स्पष्टीकरण
चितवन २ का उम्मेदवारहरू कांग्रेसका उमेश श्रेष्ठ, स्वतन्त्र पार्टीका रवी लामिछाने र एमालेका कृष्णभक्त पोखरेल

काठमाडौँ  । निर्वाचन आयोगले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई नागरिकता सम्बन्धी विवादमा स्पष्टीकरण सोधेको छ । लामिछानेलाई बुधबार स्पष्टीकरण सोधिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन- २ मा उम्मेदवार बनेका रवि लामिछानेको नागरिकता अवैध भएको भन्दै उम्मेदवारी खारेजीका लागि सोमबार आयोगमा उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले पठाएको स्पष्टीकरण पार्टीका चितवन जिल्ला सचिवले बुझेका छन् ।

लामिछानेले विदेशी नागरिकता लिने क्रममा नेपाली नागरिकता नत्यागेको भन्दै उनको उम्मेदवारी खारेजीको माग  आयोगमा उजुरी परेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved