आजदेखि किमाथाङ्कासहित देशभरका १४ वटा उत्तरी नाका खुल्ने

नेपालभ्युज

आजदेखि किमाथाङ्कासहित देशभरका १४ वटा उत्तरी नाका खुल्ने
फाइल फोटो

काठमाडौं । नेपाल–चीनको सिमानामा पर्ने सङ्खुवासभाको किमाथाङ्का नाका आज शनिबारदेखि खुल्ने भएको छ ।

विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । यस्तै यो चीनतर्फ जोड्ने किमाथाङ्का नाका सञ्चालनमा अन्य नाकाको तुलनामा सहज हुने बताइन्छ ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आज देशका उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न सङ्खुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा विशेष कार्यक्रम गर्न लागिएको छ ।

कोरोना कालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा भने सङ्घीय सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।
अहिले पनि अनौपचारिक रूपमा किमाथाङ्का (भोट खोला गाउँपालिका) का जनताले उपभोग्य सामानहरू त्यहाँबाट ल्याउने गर्छन् । तर, औपचारिक रूपमा भने कोरोना कालदेखि सामान ओसारपसार गर्न बन्द गरिएको थियो ।

कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । नाका बन्द हुँदा त्यसको सबैभन्दा ठुलो असर भोटखोलामा परेको थियो .

नाका खुल्ने भएपछि त्यहाँका बासिन्दालाई सहज हुने भएको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्न पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved