काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन् ।
सोमबार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
राईले चलचित्रमा आफूले खेलेको कलाकारको भुमिका अर्को कोहीबाट हेर्ने इच्छा भएपनि आफूले नै निभाउनुपरेको र कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने बताए ।
चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको उनको भनाई छ । लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रूपमा प्रतिविम्वित गरेर चलचित्र देखाउन लागेको राईले बताए ।
उनले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउनसक्ने व्यक्तिहरूले मात्रै खाने गरेको बताए ।
सहरमा बस्नेहरूले मनसराको खाना पचाउन नसक्ने राईले बताए । त्यस्तै मनसरा अडिलो धान भएकाले मेहनतीहरूले धेरै रूचाउने बताए ।
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरूना मगर, प्रविण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ ।
फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ ।
Facebook Comment
Comment