अहिलेको गठबन्धनको भविष्य छैन : माधव नेपाल

नेपालभ्युज

अहिलेको गठबन्धनको भविष्य छैन : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्य लामो नभएको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन कहिलेसम्म टिक्ने हो कुनै ग्यारेन्टी नभएको बताएका हुन् ।

नेपालको राजनीतिक जटिल रहेको भन्दै अध्यक्ष नेपालले गठबन्धन जोडिने र फुट्ने क्रम अझै जारी रहेको टिप्पणी गरेका हुन् । नेपालले भने – ‘कति दिन यो गठबन्धन टिक्ने हो? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ ।’

उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं ।’

अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको उनको भनाई छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गठबन्धनमा आफूहरुलाई असहज भएको उल्लेख गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved