सिन्धुपाल्चोक बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

नेपालभ्युज

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो
घाइतेहरू

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस शुक्रबार बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको थियो ।

सुस्पाबाट बेहुला सुशिल थामीलाई लिएर पिस्कर मुलाबारीमा रहेकी बेहुली गोरी थामीको घरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो। घटनास्थल त्रिपुरासुन्दरीको गौथलीबाट एक किमी दुरीमा पर्छ।

भिमेश्वर-१ का करिब २२ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र दिपेन्द्र थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

दुर्घटनामा ४ दर्जनभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बाह्रबिसे अस्पताल लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved