आईपिएल : गुजरातमाथि दिल्लीको शानदार जित

नेपालभ्युज

आईपिएल : गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित हासिल गरेको छ ।

गुजरात टाइटले दिएको ९० रनको चुनौती दिल्लीले ४ विकेटको क्षतिमा ६७ बल बाँकी हुँदै भेट्टायो ।

टस जितेको दिल्लीले गुजरातलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो । गुजरातको ब्याटिङ नचल्दा १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाएको हो ।

९० रनको लक्ष्य पछ्याएको दिल्लीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको हो ।

जितसँगै दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र मुम्बई इन्डियन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७ः४५ मा सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved