एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

नेपालभ्युज

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लागु औषध मुद्दामा फरार रहेका लामालाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए ।

लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, उनले कैद भुक्तान नगरी फरार रहेका थिए ।

यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए। लामालाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved