अर्बपति फेलिक्सको बंगलामा बस्दै आएका इजरायली प्रधानमन्त्रीविरुद्ध छानबिनको माग

नेपालभ्युज

अर्बपति फेलिक्सको बंगलामा बस्दै आएका इजरायली प्रधानमन्त्रीविरुद्ध छानबिनको माग

काठमाडौं । इरानले गरेको आक्रमणको बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध छानबिनको माग भइरहेको छ ।

मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुमाथि छानबिनको माग गरेको हो ।

सो संस्थाले नेतान्याहु अर्बपति साथी साइमन फेलिकको बंगलामा बसेकोलगायतका आरोप लगाएको छ ।

वास्तवमा हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी साथी साइमन फेलिक्सको आलिशान बंगलामा बस्दै आएका छन् ।

इजरायलमा कुनै पनि सार्वजनिक कर्मचारीले महँगो उपहार स्वीकार गर्न गैरकानूनी छ । नेतान्याहुका अर्बपति फेलिक्सको बंगलामा बस्नु महँगो उपहारको रूपमा व्याख्या गरिएको छ ।

नेतान्याहुका कानुनी सल्लाहकार हिडाई नेगेभले यस विषयमा महान्यायाधिवक्ता गाली बाहराव-मियारा र श्लोमित बर्निया-फार्गोलाई पत्र लेखेका छन्। यसमा नेतान्याहुको विदेशी साथीको घरमा बस्नु गैरकानुनी मान्न सकिने उल्लेख छ ।

तर, सो संस्थाले छानबिन गर्न माग गरेको छ । साथै, नेतान्याहुले जनताको कर आफ्नो लागि तीनवटा बंगलामा खर्च गरेको पनि आरोप लगाएको छ ।

नेतान्याहु र उनको परिवार अक्टोबर २०२३ देखि साथी साइमन फेलिकको विलासी बंगलामा बस्दै आएका छन्। शेफ सहित उनका सबै व्यक्तिगत कर्मचारीहरू पनि त्यहीँ बस्छन् । तर, इजरायलको संविधान र कानुनले यसलाई अनुमति दिँदैन।

को हुन् फेलिक्स हुन् ?

फेलिक्स मूलतः एक कट्टर यहूदी हो र उनी अमेरिकी नागरिक हुन् । साथै, उनी ड्युटी फ्री अमेरिकाजका अध्यक्ष हुन् । यस कम्पनीको ड्युटी फ्री स्टोरहरू विश्वका करिब २०० एयरपोर्टहरूमा छन्।

यसबाहेक उनी एउटा ठूलो वाइन कारखानाका मालिक हुन् । फेलिक्स परिवारको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि मैत्रीपूर्ण र व्यापारिक सम्बन्ध छ।

नेतन्याहुमाथि फेलिक्स र केही धनी व्यापारीहरूबाट महँगो उपहार लिएको आरोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved