संसदीय सुनुवाइ समितिबाट महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

नेपालभ्युज

संसदीय सुनुवाइ समितिबाट महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्‌ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

यसअघि रायले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । अर्थसचिव हुनुअघि राय वाणिज्य सचिव थिए । उनीसँग जिल्ला प्रशासन अधिकारी, भन्सार बिभागको महानिर्देशकको अनुभव छ ।

महालेखा परीक्षकमा तोयम राय सिफारिस, यस्तो छ उनको विगत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved