महालेखा परीक्षकमा तोयम राय सिफारिस, यस्तो छ उनको विगत

नेपालभ्युज

महालेखा परीक्षकमा तोयम राय सिफारिस, यस्तो छ उनको विगत

काठमाडौं । सरकारले महालेखापरीक्षकमा तोयम राय (Toyam Raya)लाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को बिहान बसेको बैठकले रायलाई महालेखापरीक्षक(Auditor General)मा सिफारिस गरेको हो ।

प्रधानमन्त्री निवास बालुवारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका लागि रायलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहेको परिषद्को बैठकले रायलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

यसअघि रायले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । अर्थसचिव हुनुअघि राय बाणिज्य सचिव थिए । उनीसँग जिल्ला प्रशासन अधिकारी, भन्सार बिभागको महानिर्देशकको अनुभव छ ।

उनले सचिवका रुपमा प्रदेश १ को प्रमुख सचिव, श्रम मन्त्रालयको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गरिसकेका छन् । रायलाई निजामति प्रशासन भित्र एमाले निकटका रुपमा चिनिन्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved