जर्जियाको संसद्‌मा सांसदहरूबीच मुक्का हानाहान

नेपालभ्युज

जर्जियाको संसद्‌मा सांसदहरूबीच मुक्का हानाहान

काठमाडौं । जर्जियाको संसद्‌मा सांसदहरूबीच मुक्का हानाहान भएको छ।

सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक ‘विदेशी एजेन्ट’ संसदमा पेस गरिरहेका बेला विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का हानेका हुन् ।

सीएनएनका अनुसार मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। सोही बेला प्रतिपक्षी दलका नेता एलिसाश्विली दौडिदैँ आएर उनीमाथि मुक्का हानेका हुन्।

त्यसपघि मडिनाराड्जेले पनि हानेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विधेयकले विदेशबाट सहयोग लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने उल्लेख छ । अन्यथा जरिवाना तिर्नुपर्ने जनाइएको छ ।

सो विधेयकलाई रूसको लागि संसद्‌मा पस्तुत गरिएको भन्दै आलोचना भइरहेको छ ।

संसद्‌मा हानाहान हुँदा पाँच हजारभन्‍दा बढी प्रदर्शनकारीले संसद् भवन अगाडि प्रदर्शन गरिरहेका थिए ।

मुक्का प्रहार गरेको घटनापछि बाहिर प्रदर्शन गरिरहेकाहरूले पनि समर्थन गरेका थिए।

यस विधेयकलाई पश्चिमा राष्ट्रहरूले पनि समर्थन नगरेको सीएनएनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved