पार्किन्सन रोग हुँदा शरीरमा देखिने लक्षण

नेपालभ्युज

पार्किन्सन रोग हुँदा शरीरमा देखिने लक्षण

एजेन्सी । पार्किन्सन भनेको न्यूरोलोजिकल डिसअर्डर हो जो विशषगरी ५० वर्ष भन्दा अधिक उमेर भएका व्यक्तिमा देखिने गर्छ । योरोगले नर्वस सिस्टमलाई नराम्रौ तरिकाले प्रभावित पार्छ । यो रोगको पूर्ण रुपमा निवारण त्यति सम्भव नभएपनि समयमै रोगको पत्ता लागेमा यसलाई निर्मूल तथा न्यूनिकरण गर्न सकिन्छ । त्यसैले जानौं

यसका शुरुआती लक्षणहरुका बारेमा–

पार्किन्सनमा मांसपेशीहरु एकदमै अड्कीएको महसुस हुन थाल्छ । साथमा तपाईंलाई दुखाई महसुस पनि हुन सक्छ ।

शरीर काँपेको महसुस हुनु पनि पार्किन्सनको शुरुआती लक्षण हो । यो रोगमा हात तथा हातका औंलाहरु हल्लीएको महसुस हुन्छ ।

बोल्न समस्या हुनु तथा आवाजमा परिवर्तन हुनु पनि पार्किन्सन रोगको प्रमुख लक्षण हो । यो रोगमा तपाईंले स्पष्ट बोल्न सक्नुहुन्न । साथमा तपाईंलाई बोल्न हिच्किचाहट महसुस हुन्छ ।

पार्किन्सनको कारणले शरीरमा परिवर्तन हुन थाल्छ । यसकारण तपाईंको शरीरमा असन्तुलनको समस्या पनि हुन सक्छ ।

पार्किन्सनको कारणले तपाईंको लेखाईमा पनि परिवर्तन हुन थाल्छ । तपाईं लेख्दा गाह्रो महसुस हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved