विश्वकै सबैभन्दा वृद्ध जुम्ल्याहाको निधन, एक गायक अर्को खेलाडी

नेपालभ्युज

विश्वकै सबैभन्दा वृद्ध जुम्ल्याहाको निधन, एक गायक अर्को खेलाडी

काठमाडौं । विश्वकै वृद्ध जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएको जानकारी दिएको छ ।

यद्यपी, उनीहरूको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले पनि लोरी र जर्जको मृत्युको पुष्टि सामाजिक सञ्जालमा पोष्टमार्फत् गरेको छ।

गिनिज बुकले लेखेको छ, ‘हामी उनीहरूको निधनको खबरले दु:खी छौं। जर्ज एक सफल गायक थिए र लोरी टेन पीन बलिङको च्याम्पियन थिइन् ।’

जर्ज र लोरीकाे जन्म सन् १९६१ सेप्टेम्बर १८ मा भएको थियो ।

दुवैको मस्तिष्क र रक्तकोष आंशिक रूपमा जोडिएको थियो। दुवैको मस्तिष्कको ३० प्रतिशत हिस्सा बाँडिएको थियो ।

यद्यपि, यी सबै चीजहरूको बावजुद लोरी र जर्जको फरक लिङ्ग र करियर थियो ।  जर्ज पुरूष हुन् भने लोरी महिला ।

सन् २००५ मा आफ्नो ५०औं जन्मदिनमा एक साक्षात्कारमा लोरीले भनिन्, ‘हाम्रो जन्मदिनको समयमा डाक्टरहरूलाई डर थियो कि हामी ३० वर्ष सम्म मात्र बाँच्नेछौं। तर, हामीले त्यो कुरालाई गलत साबित गर्यौं।’

जर्जलाई स्पाइना बिफिडा नामक रोग थियो र उनी लोरीभन्दा ४ इन्च होचा थिए ।

दुवैले सार्वजनिक हाई स्कूलमा पढे र कलेज सँगै पूरा गरे।

लोरी बलिङ खेलाडी भइन् । ९० को दशकमा उनले अस्पतालमा लुगा धुने काम पनि गरिन् ।

यसका लागि दुवैले पटकपटक आफ्नो तालिका परिवर्तन गर्नुपरेको थियो । सन् २००७ मा जर्ज र लोरी पनि फरक लिङ्गहरूको संसारको पहिलो संयुक्त जुम्ल्याहा भए ।

समाचार एजेन्सी एपीका अनुसार जर्ज र लोरी २४ वर्षको उमेरदेखि पेन्सिलभेनियामा दुई बेडरूमको अपार्टमेन्टमा बस्थे।

दुवैले आ–आफ्नो हिसाबले जीवन बिताए । दुवैको जीवन शैली पनि फरक थियो । सन् १९९७ मा जर्ज र लोरीमा एक डकुमेन्ट्री पनि रिलीज भएको थियो, जसमा दुवैले आफ्नो अनुभव सुनाएका थिए ।

जर्ज र लोरी शारीरिक रूपमा जोडिएका भए तापनि उनीहरूको नुहाउने तालिका भने फरक थियो।

उनीहरू नुहाउँदा एकअर्काले नदेख्नु भनेर पर्दा प्रयोग गर्थे । जसका कारण एकजना नुहाउँदा अर्को पर्दाको अर्को छेउमा उभिएर बस्नुपर्थ्यो।

जर्ज र लोरीले आफूहरू कहिल्यै छुट्टिन नचाहेको पनि बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved