कोशी : मुख्यमन्त्री हटाउन एमाले-माओवादीले दर्ता गराए सङ्कल्प प्रस्ताव

नेपालभ्युज

कोशी : मुख्यमन्त्री हटाउन एमाले-माओवादीले दर्ता गराए सङ्कल्प प्रस्ताव

विराटनगर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हटाउन प्रदेशसभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् ।

पछिल्लो केन्द्रीय समीकरण फेरिएपछि बहुमत गुमाएका मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती छन् ।

एमाले-माओवादी केन्द्रले प्रस्तावमा मुख्यमन्त्री कार्कीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने गरी प्रदेश प्रमुखले निर्देशन दिन माग गरेका छन् । यस्तै प्रस्तावमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनुपर्ने उल्लेख गरिएको छ ।

संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने बरु सदन ‘फेस’ गर्ने अडान राख्दै आएका छन् ।

नयाँ सरकार बनाउन सङ्कल्प प्रस्ताव ल्याउँदै एमाले-माओवादी, मुख्यमन्त्री कार्कीले गर्लान् मार्गप्रशस्त ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved