केजरीवाल केहिदिन जेलमै रहने, सर्वोच्चले सुनुवाइको मिति तोक्यो

नेपालभ्युज

केजरीवाल केहिदिन जेलमै रहने, सर्वोच्चले सुनुवाइको मिति तोक्यो

काठमाडौं । कथित मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै केहिदिन जेलमै रहने भएका छन्।

सोमबार सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनमा सुनुवाइको मिति तोकेको छ ।

अब केजरीवालको याचिकामा अप्रिल २९ मा सुनुवाइ हुनेछ ।

अप्रिल १९ मा देशमा पहिलो चरणको मतदान हुँदैछ । यसको मतलब केजरीवाल चुनाव सुरु भएको कम्तिमा १० दिनसम्म जेलमा बस्नुपर्नेछ।

सर्वोच्चले प्रवर्तन निर्देशनालयलाई केजरीवालको याचिकामा जवाफ पेस गर्न दुई हप्ताको समय दिएको छ।

केजरीवालको तर्फबाट उपस्थित अधिवक्ता अभिषेक मनु सिंघवीले अदालतलाई चाँडो मिति दिन र शुक्रबार सुनुवाइ गर्न अनुरोध गरेका थिए।

तर, अदालतले केजरीवालको सुनुवाइ २९ अप्रिलअघि सम्भव नभएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved