आयोगले कारबाही सिफारिस गरेका ४३ जनामाथि छानबिन गर्न अख्तियारलाई शिक्षा मन्त्रालयको पत्र

नेपालभ्युज

आयोगले कारबाही सिफारिस गरेका ४३ जनामाथि छानबिन गर्न अख्तियारलाई शिक्षा मन्त्रालयको पत्र

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने भएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन् । ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन श्रेष्ठले यही चैत २८ गतेमा सार्वजनिक गरेकी थिइन् ।

प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो । विसं २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइएको थियो । तर, उक्त प्रतिवेदन हालसम्म गोप्य राखिएको थियो ।

शिक्षामन्त्री श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्ने निर्णय गरेकी थिइन् । सोही आधारमा उनीहरूमाथि आवश्यक कारबाही गर्न अख्तियारलाई पत्र पठाउने लागेको हो । मन्त्रालयले अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने पनि निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved